दोस्रो चरणको भर्ना अभियान सञ्चालन सुरु

आइतवार, बैशाख १६, २०७५



 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधालय उमेर समूहका बालबालिकालाई विधालय भर्नाका दोस्रो चरणको भर्ना अभियान सञ्चालन गरेको छ ।

पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन गरेको हो ।

दोस्रो चरणमा पहिलो चरणमा छुट भएका विद्यार्थीलाई विद्यालयमा ल्याउने मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए।

पहिलो चरणमा मन्त्रालयले स्वतः स्फूर्तरुपमा विद्यार्थीलाई विद्यालय आउन आग्रह गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सांसदले भर्ना गराएका थिए ।

प्रधानमन्त्री ओलीले मुगुमा ठिन्लेका साँवु लामालाई विद्यालय भर्ना गरी अभियान सञ्चालन गरेका थिए ।

प्रवक्ता अर्यालले पहिलो चरणमा चार लाख ३९ हजार ३२३ जना विद्यार्थी गरिएको जानकारी दिए।

सहसचिवसमेत रहेका अर्यालका अनुसार दोस्रो चरणका लागि भर्ना अभियान सञ्चालन गर्न सबै गाउँ टोलमा गई पहिलो चरणमा छुटेका विद्यार्थीलाई भर्ना गराईनेछ । प्राथमिक तहसम्म २।८ प्रतिशत र आधारभूत तहसम्म ७।७ प्रतिशत विद्यार्थी विद्यालयबाहिर रहेका छन् ।

प्रवक्ता अर्यालले वैशाखम सान्तसम्म हुने भर्ना अभियानमा करीब ६ लाख विद्यार्थी भर्ना गराउने लक्ष्य रहेको बताए ।
मन्त्रालयले यसपटक सबै बालबालिकालाई विद्यालय भर्ना गराउनका लागि पाठ्यपुस्तकसहित ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ भर्ना अभियान सञ्चालन गरेको छ ।

मन्त्रालयले विपन्न गरीब, दलित, लोपोन्मुख, पिछडिएका बालबालिकालाई भने पोशाकसहित पाठ्यपुस्तकसमेत उपलब्ध गराएको छ ।

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank