मुख्यमन्त्री पाैडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुगे अस्पताल

मङ्लबार, जेष्ठ २१, २०७६



काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

नियमित मुटु जाँचका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन ।

मुख्यमन्त्री पौडेल आइतबार मुटुको नियमित परीक्षणका लागि काठमाडौंको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका थिए ।

 विशेषज्ञ चिकित्सकको टोलीले  पौडेलको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री पौडेल खतरामुक्त रहेको चिकित्सकले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata