प्रदेश-३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

सोमवार, जेष्ठ २०, २०७६



काठमाडौं । प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । मुटुको नियमित परिक्षणका लागि मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएका हुन् ।

मुख्यमन्त्री पौडेल आइतबार मुटुको नियमित परीक्षणका लागि काठमाडौंको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन् ।

मुख्यमन्त्री पौडेलको विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

चिकित्सकको सल्लाह अनुसार उनी एक हप्ता अस्पतालमा रहने छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata