मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

बुधबार, चैत्र २१, २०७४



हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको बुधबार निरीक्षण गरेका छन् ।

उनले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा ल्याउन र विभिन्न खेलकूद कार्यक्रम आयोजना गर्न बजेट विनियोजन गरिने बताए ।

उनले प्रदेश ३ को १३ जिल्लासँग जोडिने सडक यातायातलाई उच्च प्राथमिकताका साथ सरकारले निर्माण शुरु गर्न लागेको जानकारी दिए ।

जिल्ला खेलकूद विकास समिति सचिव खुसराज दाहालले रङ्गशालामा हालसम्म भइरहेको निर्माण कार्यको प्रगति र राष्ट्रिय खेलकूद परिषद्बाट प्राप्त अनुदान रकमले मात्र निर्माण कार्य अपुरो हुने भएकाले प्रदेश सरकारले थप अनुदान रकम उपलब्ध गराइदिन माग गरे ।

331 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank