मुख्यमन्त्री पौडेल एकसातापछि डिस्चार्ज

सोमवार, जेष्ठ २७, २०७६



काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल एक सातापछि डिस्चार्ज भएका छन । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि यही जेठ १९ गते शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका थिए ।

पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । उनको मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उपचार गरेको थियो ।

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको थियो । मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्समेत स्थगित भएको थियो ।

पौडेल यहि जेठ २९ र ३० गते हुने परिषद्को बैठकमा सहभागी हुन मुख्यमन्त्री पौडेल मङ्गलबार हेटौँडा जाने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata