बिरामी बोक्ने एम्बुलेन्सलाई ट्रक नबनाऊ: मन्त्री सुबेदी

बिहिबार, पुस २४, २०७६

- दिपकराज जाेशी



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक मन्त्रालयले विभिन्न स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । यातायातको साधन पर्याप्त नभएको विद्यमान परिस्थितिमा एम्बुलेन्स पाएकोमा हर्षित थिए दूर दराजका सेवाग्राही ।

बिरामीलाई सुविधा होस भनेर सुविधा सम्पन्न उपकरण जोडेर स्थानीय तहका स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो बुझाउँदा एम्बुलेन्स  ट्रक भएकाे पाइएपछि चाैतर्फी अालाेचना भइरहेकाे छ ।एम्बुलेन्सलाई  ट्रक भएकाे भेटिएपछि बिरामी बोक्न राेक गरिएकाे जनाइएकाे छ ।  सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुबेदीका अनुसार एम्बुलेन्सलाई ट्रकको रुपदिदा र अफवाह फैलाउँदैमा बिरामी बोक्नमा गाडीमा कुनै अप्ठ्यारो नभएको बताएका छन् । सामाजिक मन्त्रालयले सूदुरपश्चिम  प्रदेशका  दार्चुला  नौगाड, दुहु गाउँपालिका स्वास्थ्य चौकी ,बझाङकाे  रायल प्राथमिक स्वास्थ्य केन्द्र केदारस्यू र मटेला स्वास्थ्य चौकी, छविस पाथीभेरा, त्यस्तै कैलाली सेती प्रादेशिक अस्पताल,कञ्चनपुर महाकाली अञ्चल अस्पताल, डोटी  जिल्ला अस्पताल, अछाम  बाब्ला स्वास्थ्य चौकी , जिल्ला अस्पताल अछाम, कमल बजार प्राथमिक स्वास्थ्य केन्द्र अछाम, बान्नगढी स्वास्थ्य चौकी, बाजुरा टाटे स्वास्थ्य चौकी बैतडी, कुलाउ र रुदेश्वर स्वास्थ्य चौकी डिलासैनी,डडेल्धुरा, नवदुर्गा स्वास्थ्य चौकी र जोगबुढा अस्पताल परशुराम नगरपालिकामा एम्बुलेन्स  बितरण गरिएकाे थियाे ।

amulence

सामाजिक मन्त्रालयले खरिद गरेको एम्बुलेन्स  यातायात व्यवस्था कार्यालय कैलालीले जारी गरिएको कागजमा २०१९ सालमा बनेको उल्लेख छ । बजार दररेट अनुसारकै खरिद गरी ए सी ई सी जी भेन्टिलेटर जस्ता मेसिन जडान गरी गाडिलाई एम्बुलेन्सको रूपमा पूर्णता दिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयका पदाधिकारीका अनुसार राम्रो कार्य कसैको लागि नपचेर जबरजस्ती ट्रक बनाउन खोजेको आरोप लगाए । यसै गरी मन्त्री सुबेदीका सचिवालय स्रोत अनुसार हामीले वितरण गरेका एम्बुलेन्सहरूबाट एम्बुलेन्स चालकले चलाउनमा असहज नभएको जानकारी दिएका छन् । चालक सिद्दराज ओझा भन्छन्  मैले चलाउने गाडीमा कुनै अप्ठ्यारो छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments