तीन दिने राजकीय भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा

सोमवार, जेष्ठ २०, २०७६



एजेन्सी  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका क्रममा आज लन्डन पुग्दैछन् । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले उनको सम्मानमा बकिङघम प्यालेसमा आजै रात्रिभोज दिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति ट्रम्पको भ्रमणलाई लिएर  बेलायतभर प्रदर्शनको तयारी भइरहेको छ । जस अन्तर्गत लण्डनमा र्याली गर्न लागिएको छ भने म्यानचेस्टर, बेलफास्ट, बिर्मिङ्घम र नोटिन्घममा पनि प्रदर्शन गरिँदै छन् ।

बेलायत भ्रमणमा आउनुअघि द सनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले टोरी नेता बोरिस जोहन्सनलाई बेलायतको भावी प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने जनाएका छन् ।  उनले सोमबार नै वेस्टमिनिस्टर आबेको भ्रमण गर्नुका साथै राजकुमार चार्ल्ससँग समेत भेट्नेछन् । त्यसपछि बेलायती महारानीले दिने रात्रिभोजमा उनी सहभागी हुने बीबीसीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments