उत्तर कोरियाली राष्ट्रपति किमको ‘राजनीतिक प्रेमपत्र’ राष्ट्रपति ट्रम्पलाई
बिहिबार, जेष्ठ ३०, २०७६

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको एक बयानलाई विश्वले चासोपूर्वक लिएको छ । राष्ट्रपति ट्रम्पले आफूलाई उत्तर कोरियाली नेता किम जोंग उनद्वारा एक ‘राजनीतिक प्रेमपत्र’ पाएको बताए पश्चात उक्त बयानलाई विश्वले चासोपूर्वक लिएको हो ।
नेता किममाथि विश्वास कायम राख्ने सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले उक्त बयानमा उत्तर कोरिया सम्झौता लागि तयार भएको बताएका छन् । “उत्तर कोरियाली नेता आफ्नो कुरालाई लागु गरे । यो मेरो लागी अहमको विषय हो ।”, ट्रम्पले बताए ।
राष्ट्रपति ट्रम्पले पत्र पाएको बताएता पनि पत्रमा के लेखिएको थियो भन्ने बारे बोलका छैनन् । यद्दपी उनले अमेरिका र उत्तर कोरियाका नेताहरु बीच प्रेम बढेको बताएका छन् ।
गत फेब्रुअरीमा हनोईमा भएको शिखर वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । यस पत्रले तेस्रो भेटवार्ता सकारात्मक हुने लक्षण देखाएको राजनीतिक विश्लेषकहरु बताउँछन् । ह्वाइट हाउसको सुरक्षा सल्लाहकार जोन बोल्टन पनि तेस्रो शिखर वार्ता हुन सक्ने कुरामा विश्वस्त छन् । बोल्टनले मंगलबार वाल स्ट्रीट जर्नलमा बताएका छन्, ” हामी तयार छौ, जहिले उहाँहरु तयार हुनुहुन्छ ।”
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments