दोस्रो कार्यकालको तयारीमा राष्ट्रपति ट्रम्प

बुधबार, असार ४, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपति पदको निर्वाचनको लागि आफ्नो दोस्रो कार्यकालको अभियान शुरु गरेका छन् । मंगलबार राति फ्लोरिडामा एक र्‍यालीको आयोजना गरी राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको अभियान औपचारिक रुपमा शुरु गरेका हुन्  ।

राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको अभियान अन्तर्गत आगामी साता भित्र  मेक्सिकोबाट छिरेका  साथै अन्य देशका अवैध आप्रवासीलाई हटाउने कार्यको पनि शुरुवात गर्ने जनाएका छन् । उनले दोस्रो कार्यकालको चुनावी अभियान हजारौं समर्थकहरुको बीचमा शुरु गरेका थिए ।

प्रारम्भिक रुपमा गरिएका सर्वेक्षणले ट्रम्पलाई डेमोक्रेटिक पार्टीका केही उमेदवारभन्दा थोरै पछाडि रहेको देखाएको छ । उनले मंगलबार अभियान शुरु गर्नुअघिको ट्विटमा कागजात नभएका आप्रवासीलाई उनीहरु जसरी आएका थिए त्यसैगरी फिर्ता पठाइने जनाएका थिए । अध्यागमन अधिकारीले भने आफूहरुलाई राष्ट्रपतिको योजनाबारेमा जानकारी नभएको जनाएका छन् ।

ट्रम्पको दोस्रो कार्यकालको अभियान शुरुवात कार्यक्रममा पत्नी मेलाइनिया, छोरा डन, उपराष्ट्रपति माइक पेन्स, उनकी पत्नी करेन लगायतको सहभागिता रहेको थियो । उनले सो अभियानका क्रममा  सन् २०१६ मा डेमोक्रेटिक पार्टीका तर्फबाट प्रतिस्पर्धी हिलारी क्लिन्टनको आलोचना समेत  गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata