आप्रवासीलाई निकाल्न ट्रम्पको नयाँ कडा आदेश

बुधबार, फाल्गुन ११, २०७३



काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले अवैध आप्रवासीहरुलाई देश बाहिर निकाल्नको प्रक्रिया बढाउनका लागि नयाँ कडा दिशानिर्देश जारी गरेका छन् ।

यस अनुसार सबैभन्दा पहिले यस्ता आप्रवासीहरुलाई निशाना बनाइन्छ जसको आपराधिक रेकर्ड छ र जोसँग दस्तावेज छैनन् ।

यसमा गम्भीर अपराधिक क्रियाकलापमा संलग्न भएकाहरु लगायत साधारण ट्राफिक कानूनी तोड्ने वा पसलबाट सामान चोरेका कारण पक्राउ परेका मानिसहरु पनि समावेश हुनेछन् ।

बच्चाहरुलाई निकालिने छैनः

यसका साथै अमेरिकी सुरक्षाका लागि खतरा मानिएका र जनकल्याण प्रणालीको दुरुपयोग गरेकाहरु पनि यो नयाँ आदेशभित्र परेका छन् ।

यो आदेशले अमेरिकामा लगभग १ करोड १० लाख विदेशी मानिसहरुमाथि असर पर्न सक्छ जोसँग आवश्यक कागजात छैनन् । पी, ओबामा शासनकालको क्रममा अमेरिका छिरेका आप्रवासी बच्चाहरुलाई भने छुट दिइनेछ ।

होमल्याण्ड सुरक्षा विभाग (डिएचएस) ले यसलाई लागू गर्नका लागि १० हजार अतिरिक्त अधिकारीहरुलाई नियुक्त गर्ने योजना बनाएको छ ।

विभाग भन्छ, ‘निकै सिमित अपवादका साथै सुरक्षा विभागले कुनै पनि वर्ग वा श्रेणीका बाहिरी व्यक्तिलाई हटाउन पछि पर्ने छैन । जसले इम्रिगेसन कानून उलंघन गरेका छन् उनीहरुलाई पनि अमेरिकाबाट बाहिर निकालिनेछ ।’मेक्सीको पठाउने कोसिस हुनेछः

मंगलबार होमल्याण्ड सेक्युरिटी मन्त्री जोन केलीले जुन निर्देशन जारी गरेका छन् जसअनुसार नयाँ निर्देशनका अनुसार पक्राउ परेका मानिसहरुले आफूहरु विगत दुई वर्षदेखि लगातार अमेरिकामा बसिरहेको पुष्टि गर्नुपर्ने हुन्छ ।

यदि यो कुरा पुष्टि गर्न सकेनन भने उनीहरुलाई कुनै अदालती कारवाहीबिना देशबाट निकालिनेछ ।त्यसमा एक पुरानो कानूनलाई लागु गर्ने कुरा पनि बताईएको छ जसअनुसार सीमामा पक्राउ परेका मानिसहरुलाई जर्बजस्ती मेक्सीको पठाइन सकिने छ । यसमा जुनसुकै देशका नागरिक पर्न सक्छन् ।

तर अमेरिकासँग विदेशी नागरिकलाई जर्बजस्ती मेक्सीको पठाउने अधिकार छ छैन भन्ने विषयमा स्पष्ट भएको छैन ।

उक्त निर्देशन अनुसार अमेरिकाले ती अभिभावकविरुद्ध मुद्दा दर्ता गर्नेछ जसले तस्करीको बाटो आफ्ना सन्तानलाई अमेरिका भित्र्याएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank