ट्रम्पको वयानमाथी स्विडेनले माग्यो स्पष्टिकरण

सोमवार, फाल्गुन ९, २०७३



काठमाडौं । स्विडेनमाथि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको टिप्पणीमाथि ह्वाइट हाउसले स्पष्टिकरण दिनु परेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले फ्लोरिडामा आयोजित एक र्यालीमा स्विडेनमाथि जुन टिका–टिप्पणी गरेका थिए, त्यसबारे विस्तृत जानकारी प्रदान गरियोस् भन्ने इच्छा व्यक्त गरेको छ ।

ट्रम्पले उक्त र्यालीमा भनेका थिए, ‘तपाईंहरु हेर्नुहोस्, जर्मनीमा के भइरहेको छ । स्विडेनमा हिजो राती के भयो । स्विडेनले थुप्रै मानिसहरुलाई शरण दिएको छ ।

अब उक्त देशसामू यस्ता समस्या थिए जुन पहिले कहिले थिएन । ब्रसेल्समा हेर्नुहोस्, के भइरहेको छ । संसारभरी हेर्नुहोस् के भइरहेको छ । पेरिसलाई नै हेर्नुहोस् । हामीले हज्जारौं मानिसहरुलाई आफ्नो देशमा आउन दिएका छौं । कुनै छानबिन भएको छैन, कुनै कागजपत्र थिएन तर हामी आफ्नो देशलाई सुरक्षित बनाउनेछौं ।’ट्रम्पले आखिर कुन घटनाको उदाहरण दिइरहेका छन् भनी स्विडेनले अमेरिकासँग जवाफ मागेको छ ।

ह्वाइट हाउसका अनुसार डोनल्ड ट्रम्पले फ्लोरिडाको र्यालीमा आफ्नो समर्थकलाई सम्बोधन गरिरहेका बेला कुनै एक विशेष घटनाको वर्णन गरिरहेका थिएनन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank