जापानलाई अमेरिकाको समर्थनः राष्ट्रपति ट्रम्प

आइतवार, फाल्गुन १, २०७३



काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि उत्तर कोरियाले पहिलो पटक छ्येप्यास्त्रको परिक्षण गरेको छ । भने उता राष्ट्रपति ट्रम्पले जापानका प्रधानमनत्री सिंजो आवेलाई अमेरिकाको समर्थन रहेने आश्वासन दिएका छन् ।

उनले भनेका छन् “अमेरिका आफ्नो महत्वपुर्ण सहयोगीको सधैं साथमा खडा हुने छ ।” यसअघि दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले बलीस्टिक छ्येप्यास्त्रको परिक्षण गरेको थियो । दक्षिण कोरियायी अधिकारिका अनुसार यसको दिशा पुर्वमा जापानी सागर तिर ५०० किलोमिटर सम्मको दुरी बनाएको थियो ।

जापानका प्रधानमन्त्रीले यो परिक्षणलाई पुरै अस्वीकार गरेका छन् । जापानी अधिकारीहरुले उक्त छ्येप्यास्त्र जापानको जल सीमासम्म नआएको बताएका छन् ।

पछिल्ला वर्षहरुमा प्योंगयाँगमा कयौं परमाणु परिक्ष गरिउको थियो । उत्तर कोरिया लगातार छ्येप्यास्त्र र परकाणु परिक्षण गरिरहेको छ । यसको साथै उत्तर कोरिया आक्रामक अभिव्यक्ति पनि दिँदै आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata