अमेरिकी राष्ट्रपति ट्रम्पको शक्ति ह्रास, महाअभियोग लाग्ने खतरा

शुक्रबार, कार्तिक २३, २०७५



एजेन्सी । अमेरिकाको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो धक्का लागेको छ । डेमोक्रेटिक पार्टीले प्रतिनिधि सभा अर्थात् तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा कब्जा जमाएको छ। बहुमत गुमेपछि ट्रम्पमाथि महाअभियोगको खतरा बढेको अमेरिकामा चर्चा सुरु भएको छ ।

राष्ट्रपति हटाउने यो प्रक्रिया सुरु गर्न सामान्य बहुमत भए पुग्छ। जनवरीदेखि सुरु हुने संसदको नयाँ कार्यकालमा अब डेमोक्रेटिक पार्टीसँग त्यो बहुमत देखिनेछ । यो मध्यावधि चुनाबाट उनी निकै कमजोर बनेका छन् । चुनाबी नतिजाले ट्रम्पको शक्तिमा ह्रास आएको छ । महाअभियोगमाथिको अन्तिम निर्णय भने सिनेटले गर्नेछ । जहाँ रिपब्लिकन नै बहुमतमा छन्। तर तल्लो सदनमा महाअभियोग प्रस्ताव सुरु हुने, छलफल हुने र अघि बढ्ने स्थिति बलियो देखिन्छ।

४३५ सदस्यीय हाउस अफ रिप्रेजेन्टेटिभ्समा २१८ सदस्य विजय हुँदा बहुमत पुग्छ। डेमोक्रेटिक पार्टीले २४५ सिट जितेको छ। सिनेटमा भने सत्तारुढ रिपब्लिकन पार्टीको बहुमत कायमै छ। १०० सदस्य रहने सिनेटमा रिपब्लिकन सिनेटर ५४ छन्।

आठ वर्षपछि डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हाँसिल गर्दा ट्रम्प प्रशासनलाई आफ्ना नीति लागू गर्न अप्ठ्यारो पर्ने देखिएको हो।

373 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank