विकटताको नाममा मनपरी

आइतवार, साउन ५, २०७६



काठमाडौं बौद्धबाट से–फोक्सुन्डो ताल भ्रमणमा निस्किएको थियो देवेन्द्र बस्नेतसहित १३ जनाको टोली।

रिजर्भ गरेको टिकटबाट उड्न नपाएपछि बस्नेतसहितको टोलीले नेपालगन्जबाट डोल्पासम्म गाडीको यात्रा गर्ने निर्णय गर्यो। दुई दिनको गाडी यात्रा गर्दै टोली डोल्पा पुग्यो। डोल्पाको सुलिगारसम्म पुग्दा एउटा ठूलो युद्धबाट ज्यान जोगाएर आएको महसुस गरेको बताउँदै थिए उक्त टोलीका सदस्य सागर अधिकारी।

‘गाडी चढेर डोल्पा आउनु भनेको ज्यान जोखिममा हालेर ठगिन आउनु रहेछ,’ सागरले भने, ‘गाडी चालकले मनपरी भाडा उठाउँछन्। भौगोलक रूपमा विकट त्यस्तो ठाउँमा उमेर नपुगेका केटाहरूले डरमर्दो पाराले गाडी कुदाउँछन्। प्रहरीले कुनै रोकटोक गर्दैन।’

जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्मको ९० किलोमिटर यात्रा गर्दा एउटा यात्रुले दुई हजार पाँच सयसम्म तिर्नुपर्छ। होटल र यात्राको खर्चलाई जोड्दा हवाइ सेवाभन्दा महँगो पर्ने गुनासो गर्दै थिए अधिकारी।

आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने झन्झटले यात्रा अझ दुःखदायी बनाएको अनुभव थियो उनको।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments