‘सांसद–मन्त्री’ बन्न राजनीतिमा नआएको: डा. राउत

आइतवार, बैशाख १, २०७६

- राम नारायण पण्डित



सिरहा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सांसद–मन्त्री बन्न राजनीतिमा नआएको बताएका छन् । जनताको सेवा, सामाजिक जिम्मेवारी र समाजमा रहेको फोहोर सफा गर्न राजनीतिमा होमिएको दाबी गरेका छन् । सरकारसंग सम्झौता पश्चात पहिलो पटक सिरहाको मिर्चैयामा शनिबार आयोजित विशाल विजय सभालाई सम्बोधन गर्दै उनले समाजिक जिम्मेवारी र जनताको अधिकारका लागि राजनीतिमा आएको बताए ।

57462795_812034019183620_7289959312758145024_n

उनले जनमत पार्टी आएपछि मधेशी जनताको मतलाई भजाएर ठेकापटा गरिरहेका दलका नेताहरुको पसल बन्द हुन लागेको बताएका छन् । सरकारसंग सम्झौता गरे पश्चात केहि तत्वले आफ्नो दुकान बन्द हुने डरले भ्रम फैलाउन थालेको उनले आरोप लगाए । उनले भने, “कसैको पसल, कसैको ठेकेदारी र रोजीरोटी बन्द हुन लागेको छ, त्यसैले उनीहरु जनतामा भ्रम फैलाउँदै हिडेका छन् ।”

56759205_319465778742017_5980678707696631808_n (1) - Copy

केहि व्यक्तिले डा. राउतले सरकारसंग सम्झौता गरी पछाडी हटेको अफवाह फैलाउदै हिडेको भन्दै उनले आफु सरकारसंग सम्झौता गरेर पछाडी नभई छलाङ मारेको बताए । सरकारसंग १० महिना लामो छलफल गरी सम्झौता गरेको भन्दै उनले समझौताको ड्राफ्ट तयार गर्न सरकारलाई २ महिना लागेको स्पष्ट गरे । केपी ओलीसंग नभई नेपाल सरकारसंग आफु सम्झौता गरेको भन्दै उनले सम्झौता गरेर विजय हासिल गरेको दावी गरे ।

अहिलेसम्म कुनै पनि मधेशी पार्टीका अध्यक्षले जेलमा बसेन तर आफुचाँही मधेशीको अधिकारका लागि पटक–पटक प्रहरी हिरासत र जेलमा बसेको सुनाए । जो पार्टी ओलीको विरोधमा भोट मागेका थिए ती पार्टी अहिलेसम्म हनिमुन मनाईरहेको भन्दै डा. राउतले आक्रोश व्यक्त गरे ।57253513_1052650858268439_8710675348280311808_n - Copy

विगतमा भएको चुनावमा ‘नो भोट’ अभियानको क्रममा जनताले चुनाव चिन्हको माग गरेकोले जनताको अपेक्षा अनुसार पार्टी निर्माण गरिएको उनले जिकिर गरे । उनले मधेसी जनताको अधिकारका लागि आफु ज्यान दिन तयार रहेको बताए । अधिकारका लागि कफन लिएर हिडे्को भन्दै उनले स्वतन्त्र मधेश गठबन्धको लक्ष्य पुरा गर्न अघि बढिरेहेको थपे । सम्बोधनको क्रममा डा. राउतले मधेशवादी दलप्रति आक्रोशित देखिएको थियो ।

57160403_846982058996137_3409628868183588864_n - Copy

मधेशमा १० लाख राजगारी सिर्जना गरी बेरोजगारी समस्यालाई समाधान गर्ने समेत उनले दाबी गरे । पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागीको अध्यक्षतमा भएको कार्यक्रममा हजारौको संख्यामा नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank