दिवेश पोखरेल अमेरिकन आइडलको टप टेनमा

सोमवार, बैशाख २२, २०७७



एजेन्सी । संगीतप्रेमीहरुको सपनाको रुपमा रहेको रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट दशमा दिवेश पोखरेल अर्थात ‘आर्थर गन’ पुगेका छन् ।  अमेरिकन आइडलको लाइभ शोमा छनोट भएर यसरी उत्कृष्ट दशमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

भोटिङ र उनको प्रस्तुतीका आधारमा दिवेश अर्को राउण्डका लागि छनोट भएका हुन् ।

उनले आफ्नै घरमा आइतबार साँझ गितार बजाउँदै दिएको प्रस्तुतीमा जोन डेन्भरको टेक मि होम कन्ट्री रोड बोलको गीत गाएका थिए ।  उनको घरको व्याकग्राउन्डको एउटा कुनामा नेपाली हिमालको प्रिन्ट देखिएको थियो ।  “यो प्रस्तुतिमा अन्तिमसम्मै म लीन थिएँ,” दिवेशले रिमोटली गरेको यो प्रस्तुतिलगत्तै अमेरिकन आइडलकी निर्णायक तथा चर्चित गायिका केटी पेरीले भनिन्, “तिमीले मलाई हेर्‍यौ अर्थात् क्यामरालाई हेर्‍यौ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments