डिभिजन–२ को खेलतालिका सार्वजनिक, नेपालको पहिलो भिडन्त आयोजक नामिबियासँग

शनिबार, माघ ६, २०७४



काठमाडौं । नेपालले सहभागिता जनाउने आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को खेलतालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार आगामी माघ २५ गते आयोजक नामिबियासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को खेल तालिका

१.माघ २५ गते आयोजक नामिबियासँग

२. माघ २६ गते ओमानसँग

३.माघ २८ गते युएईसँग

४.माघ २९ गते केन्यासँग

र पाँचौं तथा अन्तिम खेलमा क्यानडाको सामना गर्नेछ ।

प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोली जिम्बाब्वेमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि छानिनेछन् ।

ओमान र क्यानडा डिभिजन–३ बाट बढुवा हुँदै डिभिजन–२ मा छानिँदा नेपाल, केन्या, युएई र नामिबिया शीर्ष डिभिजनबाट घटुवा भएका हुन् ।

प्रतियोगिता माघ २५ देखि नामिबियामा हुन लागेको हो ।

प्रतियोगिता जित्ने लक्ष्यका साथ नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments