सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल
आइतवार, बैशाख २, २०७५

काठमाडौं । सरकारले काठमाडौं उपत्याका निश्चित ठाउँमा मात्र सार्वजनिक कार्यक्रम र प्रदर्शन स्थल तोकेको छ । जिल्ला सुरक्षा सम्बन्धी चैत्र ३० गते बसेको बैठकको निर्णयले यहि बैसाख १६ गतेबाट लागू हुने गरि स्थान तोकेको हो ।
वैशाख १६ गतेदेखि लागू हुने गरी काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गरी गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना अनुसार तोकिएको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकले सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको जानकारी दिएका छन् ।
तोकिएको स्थानमा मात्र आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कुन कु्न ठाउँमा मात्र कार्यक्रम वा प्रर्दशन गर्न मिल्छ ( विज्ञप्तीको पूर्णपाठ सहित)
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments