नगरपालिकाद्वारा एकल पुरुषलाई भत्ता वितरण

आइतवार, साउन १२, २०७६

- दिपक राज जोशी



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर सातले पहिलो पटक एकल पुरुषलाई प्रोत्साहन भत्ता बितरण गरेको छ ।

राज्यले एकल महिला, दलित,बालबालिका लगायतका लक्षित वर्गलाई प्रोत्साहन भत्ता विरण गर्दै आएको भए पनि एकल पुरुष भने सेवाबाट बञ्चित बन्दै आइरहेका थिए । राज्यले एकल पुरुषका समस्या समाधान गर्नका लागि ठोस नीति र पहल नभएको र एकल पुरुषका विभिन्न समस्या समाधान गर्ने उद्धेश्यका साथ वडामा रहेका प्रोत्साहन भत्ता दिएर सम्मान गरिएको वडा अध्यक्ष हरिचन्द जोशीले जानकारी दिए ।

वडामा रहेका एकल पुरुषको तथ्याङ्क संक्कलन गरि प्रतिव्यक्ति २५०० का दरले रकम वितरण गरिएको अध्यक्ष जोशीको भनाइ रहेको छ ।

राज्यले एकल महिला , जेष्ठ नागरिक , बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिदै आइरहेको भएपनि आफुहरुलाई बञ्चित गरेको एकल पुरुष लाल बहादुर बिकले बताए।

स्थानीय सरकारले आफ्ना समस्या बुझेर सम्मान गरि प्रोत्साहन भत्ता दिएकोमा ६० वर्षीय पदम बहादुर बमले खुसी व्यक्त गरे । उनले यसलाई निरन्तरता दिनमा जयपृथ्वी नगरपालिका कार्यालयलाई अनुरोध गरेका छ्न । हाललाई ७ नम्बर सुबेडामा मात्रै समेटिएको र अन्य वडाहरुमा समेत एकल पुरुषलाई प्रोत्साहन भत्ता सहति अघि बढ्ने नगरपालिका प्रमुख बिरेन्द्र खडकाले बताएका छ्न ।

एकल पुरुषको घरदैलोमा गएर उनीहरुलाई सम्मान गरिएको वडा कार्यालयका सचिव कुम्भराज सुवेदीले जानकारी दिए । आफ्ना नागरिकलाइ स्थानिय सरकारले घरदैलो मा पुगेर सेवा दिन लागेको नगरपालिकाका उपप्रमुख जुना जाग्रि बताएकी छिन । नगरपालिकामा करिब तीन सय एकल पुरुष रहेका छ्न ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata