पहिलो संसद भवन भत्काउन संसदीय समितिकाे निर्देशन

मङ्लबार, पुस २९, २०७६



काठमाडौं । सिंहदरबारस्थित नेपालको पहिलो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।  मंगलबार संसदको विकास तथा प्रविधि समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन दिएको हो  ।

संसदको विकास तथा प्रविधि समितिको बैठकले राणाकालीन समयमा निर्मण उक्त भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्टेट हाउस ‘विदेशी पाहुना गृह’ बनाउन निर्देशन दिएको हो ।

समिति सभापति कल्याणी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई उक्त निर्देशन दिएकी हुन्। ‘पुरानो संसद भवन भत्काउनु र सो स्थानमा निर्माण हुने नयाँ संरचना पुरानै स्वरुपमा बनाउनु सभापति खड्काले दिएको निर्देशनमा उल्लेख गरिएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments