दीपज्योति सम्मान’ अधिकारी र श्रेष्ठलाई

शनिबार, बैशाख २२, २०७५



काठमाडौँ
टोखा नगरपालिका वडा नं ९ स्थित दीपज्योति आवासीय माविले यस वर्षको ‘दीपज्योति सम्मान’ स्रष्टाद्वय यशोदा अधिकारी र रत्नप्रसाद श्रेष्ठ अनामणिलाई प्रदान गरेको छ ।

आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरी र नेकपा एमाले का प्रदेशसभा सदस्य योगेन्द्र संग्रौलाले प्रदान गर्नुभयो ।

भाषा, साहित्य र पत्रकारितामा युवापुस्ताबाट योगदान दिएको भन्दै उहाँहरुलाई जनही रु सात हजार राशिको सो सम्मान प्रदान गरिएको हो ।

सदस्य सचिव गिरीले साहित्य सधैँ प्रतिक्रियावादी सत्ताको विपक्षी र जनपक्षीय सरकारको पक्षमा हुने भएकाले राजनीति र साहित्यबीचको दूरीलाई टाढा नबनाइ साहित्यिक सन्देशलाई सामाजिक जागरणसँग जोड्न सक्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीबीच गरिएको प्रतियोगी वसन्त काव्यगोष्ठीमा तारा केसी, धरणीधर गुराराईं र भवानीमैया पन्त पुरस्कृत भएका हुन । उनीहरुलाई जनही एक हजार पुरस्कार दिइएको थियो । प्रतियोगितामा प्रह्लाद पोखरेल, दामोदर पुडासैनी ‘किशोर’ र छविरमण सिलवाल निर्णायक मण्डलमा थिए।

विधालयका संस्थापक प्रिन्सिपल उपेन्द्रनरसिंह अधिकारीले शिक्षा र साहित्यलाई जोड्न विगत एक दशकदेखि नियमित साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको बताएका छन ।

101 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank