प्रस्तावित प्रधानन्यायाधीश जोशीको अनुमोदन अनिश्चित, समितिले फेरि पनि निर्णय लिन सकेन

सोमवार, साउन १४, २०७५



काठमाडौं । प्रस्तावित प्रधान्यायाधीश दिपक राज जोशीको नाम सिफारिस गर्ने या नगर्ने भन्नेबारेमा बसेको संसदीय सुनाई समितिको बैठक फेरि स्थगित भएको छ ।

साेमबार बसेकाे संसदीय सुनाई समितिको बैठकले जोशी माथिको निर्णय गर्न नसकेपछि बुधबार दिउसो ३ : ३० बजे सम्मका लागि स्थगित भएको छ ।  जेष्ठ सदस्य रुपमा समितिको अध्यक्षता गरिरहेका लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशको बारेमा छलफल जारी रहेका बताए ।

बैठक यस अघि पनि पटक पटक स्थगित हुँदै अार्इरहेकाे छ । जोशीमाथि घुस लिएको, राजस्व छुट र सरकारी जग्गा व्यक्तिको नाममा पारिएको विषय मेलमिलापमा पठाएको लगायतका आरोप छन् ।

त्यस्तै जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको र कतिपय प्रश्नको जवाफ नै नदिएको समितिका सदस्यहरुको ठम्याइ छ ।

730 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank