दिपकराज जोशीको सुनुवाई साेमबारसम्मका लागि स्थगित

आइतवार, साउन १३, २०७५



काठमाडौं । प्रधान्यायाधीशमा सिफारिस दिपकराज जोशीको संसदीय सुनुवाई सोमबारसम्मका लागि स्थगित भएको छ ।
गत बिहिबार जोशीसँग छलफल गरेको समितिले शुक्रबार निर्णय लिने जनाएको थियो ।

तर शुक्रबारको बैठक बस्दै नबसी आइतबार सम्मका लागि स्थगित भएको थियोे । विहिबार समिति सदस्य र जोशीबीच प्रश्नोत्तर भएको थियो । बैठक आइतबार विहान ८ बजे बोलाइएको थियो ।

कामु प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार २ बजे बस्ने भएको छ ।

समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर रहेकाले र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिए ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसला लगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो ।

कामु प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।

समिति स्रोतका अनुसार जोशीको थप कागजात मगाउनु पर्ने निश्कर्षका साथ बैठक सारिएको हो । जोशीमाथि घुस लिएको, राजस्व छुट शैक्षिक प्रमाणपत्र,  र सरकारी जग्गा व्यक्तिको नाममा पारिएको विषय मेलमिलापमा पठाएको लगायतका आरोप छन् ।

201 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank