निगरानीमा स्थानीय तहः पालुङटारका मेयरनै विकास विरोधी !

बुधबार, जेष्ठ २, २०७५



गोरखा । गोखरास्थित पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेल विकास निर्माणको बाधक बनेका छन् । आफू विदेश भएको बेला सडक ग्राभेल र पक्की नाली बनाउनका लागि आवश्यक सामाग्री मस्र्यादी नदीबाट निकल्न अनुमति दिइएको भन्दै मेयरले सडक विभागबाट ठेक्का लगाइएको प्याउदीखोला–मौवाटार–जरुवाठाटी र गोठेचौर–पौवाटार सडक ग्राभेल र पक्की नाली बनाउने काम रोकेको स्थानीयले बताएका छन् ।

११ किलो–छेपेटार–भालुस्वारा–बारपाक सडक आयोजनाले रिभर बेल्ट (नदी किनारा) बाट ग्राभेल हाल्ने स्टिमेट गरेको थियो । जिल्ला समन्वय समितिको २०६४ फागुन २९ गते चलानी नं. २०५६ अनुसार मस्र्यादी नदीबाट  आवश्यक सामाग्री  उठाउने अनुमति दिइएको थियो ।

उपमेयर पम्फा बसेलले जिल्ला विकासका प्राविधिकसहित स्थलगत निरीक्षण गरेपछि अनुमति दिइएको थियो । तर, मेयर कँडेल विदेशबाट फर्केपछि कसको आदेशमा गिट्टी, बालुवा निकालेको भनेर काम रोकाएका थिए । मेयरको कार्यशैलीप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । मेयरले हस्तक्षेप गरेपछि सडक ग्राभेल नहुने भयो भन्दै स्थानीय चिन्तित छन् ।

के भन्छन मेयर ?
म विकास निर्माण विरोधी होइन, म लुट्न चाहिँ दिन्नँ । मेरो कुनै आग्रहपूर्वाग्रह छैन् । कागज नपुगेका कारण रोकेका हौँ । मैले के मा असहयोग गरे भन्ने थाहा पाउनुप¥यो । मेरो घर पनि त्यही हो । जिससका अध्यक्षलाई पनि सोधेँ । हाम्रो स्रोत र साधनमाथि कर तिरेर उठाउनुहोस भनेको हुँ । राज्यको सम्पती अनधिकृत रुपमा उठाउनु राम्रो हो कि होइन ?

कर तिरेको चिठी ल्याउनुहोस् भनेको हुँ । भेरिफाइ गरेर ल्याउनुहोस, म रोक्दिन भनेको छु । रोकिएको पनि धेरै समय भइसक्यो । तर किन राजस्व तिरेको भरपाई ल्याउनुभएन । कर तिर्नुप¥यो । गत वर्ष पनि यही डेकेदारलाई ग्राभेल गर्न लागि मस्र्यादी नदीबाट आवश्यक सामाग्री निकाल्न दिएकै हुँ । यस विषयमा सडक विभागलाई पनि चिठी लेखेको छु । कुन कुन मितिमा योजना सक्नुपर्ने हो, त्यसको जानकारी गराउन भनेको छु । नियम कानुन अनुसार आउँदा एक मिनेट पनि काम रोक्दिनँ ।

उपमेयरको तर्क
उपमेयर बसेलले छलफल गरी काम अगाडि बढाउन आफूहरू तयार रहेको बताइन । ‘त्यो कामको समन्वय मैले नै गरेको छु । मेयरसावसँग पनि मैले कुरा गरिसकेको छु । स्थानीय तहका पनि केही अधिकार छन् । स्थानीय तहलाई चिठी आएको छैन । चिठी आएर छलफल पछि काम हुन्छ । काम रोक्ने प्रश्नै आउँदैन । उहाँहरू आउनुभयो भने काम अगाडि बढ्छ ।’ कोशी एण्ड न्यौपाने कम्पनीले ग्राभेल र पक्की नाला बनाउने कामको ठेक्का पाएको छ ।

249 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank