हिन्दी भाषाको प्रशंसा गर्दै आपुर्ति मन्त्रीले भने ‘हिन्दी गंगा जत्तिकै पवित्र छ’

मङ्लबार, पुस २६, २०७३

loading...


काठमाडौ ।  आपूर्ति मन्त्री दीपक बोहराले हिन्दी भाषा गंगा नदी जस्तै पवित्र रहेको बताएका छन् । हिन्दी भाषाले अनेक भाषालाई जोडेका कारण यो गंगा नदी जस्तै पवित्र रहेको उनको तर्क छ ।

हिन्दी दिवसको उपलक्ष्यमा नेपालका लागि भारतीय राजदूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हिन्दी भाषाले अरु अरु भाषालाई जोडेर समृद्ध भएको धारणा राखे ।
‘हिन्दी वैज्ञानिक भाषा हो, यो भाषा जसरी बोलिन्छ, त्यसरी लेखिन्छ’ भन्दै उनले हिन्दी र नेपाली भाषा दिदी वहिनीको रुपमा रहेको उल्लेख गरे ।
प्रज्ञा प्रतिष्ठानका अनुवाद विभागका प्रमुख उषा ठाकुरले नेपालमा ९० प्रतिशतले हिन्दी भाषा प्रयोग गरेको दावी गरिन् भने डा।गंगाप्रसाद अकेलाले हिन्दी भाषा र साहित्यको शुरुवात नेपालबाट भएको दावी गरे ।
त्रिवि हिन्दी विभागकी प्रमुख श्वेता दिप्तीले भारतले नेपाली भाषाले मान्यता पाइसकेको भएपनि नेपालमा हिन्दी भाषालाई मान्यता दिन अनाकानी भएको धारणा राखिन् । हिन्दी भाषालाई नेपालमा काम-कामकाजको भाषा बनाउनु पर्ने कुराको विरोध हुनुको कुनै तुक नरहेको समेत उनले टिप्पणी गरिन् ।

1743 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom