नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला निर्वाचित

मङ्लबार, चैत्र ४, २०७६



काठमाडौं । नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । काठमाडौंमा भएको निर्वाचनमा प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई ३१ मतले पराजित गर्दै सिटौला विजयी भएका हुन् । विजयी दिनेशले ७० मत ल्याए भने प्रतिद्वन्द्वी क्षेत्रीले ३९ मत ल्याए ।

यस्तै संघको उपाध्यक्ष (कार्यक्रम) तर्फ जीवन पराजुली निर्वाचित भएका छन् । उनले ७४ मत प्राप्त गरेका छन् । यस्तै संघकै उपाध्यक्षमा (संगठनतर्फ) कुवेर डंगोल विजयी भएका छन् भने संघको महिला उपाध्यक्षमा दीपज्योति थापा निर्वाचित भएकी छिन् ।

संघको महासचिवमा समीर बलामीले जितेका छन् । यसैगरी सचिव (खुल्ला) तर्फ रघुनाथ सापकोटा, सचिव (जनजाति) तर्फ विशाल राई निर्वाचित भएका छन् ।

यसैगरी प्रदीप कार्की संघको कोषाध्यक्षमा निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा विनोद पोखरेल विजयी भएका छन् ।

संघको सदस्यहरुमा मिलन ढुंगाना, नवीन गिरी, गणेश ओली ‘आशिष’, सृष्टि पोखरेल, सुरक्षा भट्टराई (महिला), मनिषा दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाइ र दीपक गुरुङ (समावेशी) विजयी भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments