साहित्यिक सिर्जना मार्फत राष्ट्र निर्माणमा लाग्न पूर्व शिक्षामन्त्री शर्माको आव्हान

आइतवार, मंसिर १, २०७६



काठमाडौं । पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले राष्ट्र निर्माणको पक्षमा साहित्यिक सिर्जना गर्न जोड  दिएका छन । उनले कवि,लेखक, साहित्यकारहरुले राष्ट्रियतालाई मध्यनजर गर्दै कलम चलाउनु पर्ने बताएका हुन ।

शनिबार केशव भट्ट सागरद्वारा लिखित  ‘प्रेमसागर’ नामक पुस्तक विमोचनमा बोल्दै पुर्व शिक्षामन्त्री शर्माले उक्त कुरा बताएका हुन । बैतडीमा जन्मेका भट्टले आफ्नो २२ औं बसन्त पूरा गरेको अवसरमा मुक्तक सङ्ग्रह ‘प्रेमसागर’ प्रकाशित गरेकोमा शुभकामना व्यक्त गरे । सागरकाे  साहित्य सृजनाले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

उनले नयाँ पुस्ताले सृजना खोजी हेर्ने ईच्छुक रहेको र राष्ट्र निर्माणकाे जिम्मा नयाँ पुस्ताकाे हातमा रहेको प्रष्ट पारे। दुईवटा पुस्तक प्रकाशन समेत गरिसकेका पूर्व शिक्षामन्त्री शर्माले सागरको मुक्तकमा कुण्ठा,देशभक्ति र रूढिबादीका विषयमा विद्रोहको भाव रहेको जनाए। उनले युवाहरू बाहिर जाने तर माटोको माया विर्षदै गरेको बताउँदै राष्ट्रियता भुल्न नहुनेमा जोड दिए । राष्ट्र निर्माणको सृजनामा जोड दिन आव्हान गर्दै अहिले जनयुद्धकाे बारेमा लेख रचनाले महत्व नराख्ने बताए । एक जमाना थियो, अंग्रेजी बोले ठुलो भईन्छ भन्ने तर त्यो दासता भएको टिप्पणी गरे। नयाँ पुस्ताले भाग्य भरोषाकाे पछि नलागि भविष्यको नेतृत्व गर्नु पर्नेमा जोड दिए।

पुस्तक विमोचनमा बोल्दै आख्यानकार कलानिधी दाहालले भट्टकाे पुस्तकमा भाषा शुद्धता नभएको भन्दै टिप्पणी गरे । भाषामा खेलबाड गर्ने अधिकार कसैलाई हुँदैन उनले भने ।  उनले सागरको साहित्यमा देश,प्रेम,कुण्ठा उल्लेख गरिएको बताए । पुस्तक विमोचनमा विभिन्न विधाका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata