दिल्ली हिंसा : ज्यान गुमाउने संख्या १३ पुग्यो, ५६ प्रहरी घाइते

बुधबार, फाल्गुन १४, २०७६



एजेन्सी । भारतको राजधानी  दिल्लीको उत्तरपूर्वी इलाकामा भएको हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । सोमबार र मंगलबार भएको हिंसामा सयभन्दा बढी मानिसहरु घाइते भएका छन् ।

मंगलबार भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धन घाइते उपचार भइरहेको अस्पताल पुगेका थिए ।

“अहिलेसम्म मर्नेको संख्या १३ पुगेको छ । सोमबार ८१ जना घाइतेलाई अस्पताल ल्याएको थियो भने मंगलबार ६९ जना घाइतेलाई उपचारका लागि ल्याइएको छ । जसमध्ये केहीलाई उपचार पछि घर पठाइएको छ ।” अस्पतालमा घाइतेलाई भेटेपछि उनले भने, “उपचाररत घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।”

उत्तर-पूर्वी क्षेत्रमा नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुलाई लखेटिएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म ५६ प्रहरी घाइते भएका छन् । उक्त क्षेत्रमा धारा १४४ (दुई वा तीनजनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा हुन नपाउने) प्रावधान लागु गरिएको छ । –

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments