गाउँपालिकामा आगजनी, नेकपा अध्यक्षको घरको मूलगेटमा प्रेसरकुकर बम फेला

बुधबार, माघ ८, २०७६



बैतडी । सुदूरपश्चिम प्रदेश अन्तर्गतको बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आज(बुधवार) बिहान ३ बजे गाउँपालिकाको–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।

गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ। नेकपाका अध्यक्ष सुरेन्द्र पालको सो स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो।

यसका साथै डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरका मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ। पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ।

आगजनी र बम कसले र किन राख्यो भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ।

घटनाको बारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments