‘केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ ।’- सांसद संग्रौला

मङ्लबार, पुस २२, २०७६



मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्यत् रहेको आरोप लगाएकी छन् । नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रिय सभाका उम्मेदवारसँग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले त्यस्तो आरोप लगाएकी हुन् ।

नेतृ संग्रौलाले भनिन्, ‘सामाजिक सञ्जालदेखि जनताले गरेको कुराकानीसमेत ट्यापिङ गर्ने कानुन निर्माणमा सरकार सक्रिय छ । कांग्रेसले गरेको विरोधका बावजुद यो क्रम रोकिएको छैन ।’ उनले राष्ट्रिय सभा नैतिकवान, जिम्मेवार र विद्वत् वर्ग पुग्ने ठाउँ भएकाले योग्य उम्मेदवारलाई जिताउन आह्वानसमेत गरिन् ।

संग्रौलाले केपी ओलीले चुनावअघि राष्ट्रवादको रट लगाएको तर कालापानी र लिम्पियाधुराको विवाद उठ्दा भारतले कूटनीतिक रूपमा फुटनोट जारी गर्ने र ओली सरकारले पनि त्यही गरेको आरोप लगाइन् । उनले भनिन्, ‘केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ ।’ संग्रौलाले सरकार जनतामाझ अलोकप्रिय बन्दै गएको र उसले प्रतिबद्धता जनाएअनुसार काम गर्नै नसकेको दाबी गरिन् ।

कांग्रेसले प्रदेश १ मा राजेन्द्र घिमिरे, मिना पुलामी मगर र नीरबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments