न्यायाधीश श्रेष्ठका कारण किन रोकियो डीआइजी सिलवालको मुद्दाको सुनुवाई ?

बिहिबार, जेष्ठ ४, २०७४



काठमाडौं । सर्वोच्च अदालतमा डीआइजी नवराज सिलवालको मुद्दाको आज हुने भनिएको सुनुवाइ नहुने भएको छ । सात जना न्यायाधीशको बेञ्चमा पारिएको डीआईजी सिलवालको मुद्दाको सुनुवाई आज नहुने भएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीले सात जना न्यायाधीशको बृहत पूर्ण इजलास गठन गरेकी थिइन् ।

इजलाशको नेतृत्व गरिरहेका न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठले आफ्नो श्रीमती र डिआइजी नवराज सिलवालको श्रीमतीको बीचमा नाता पर्ने भएकोले उक्त मुद्दा हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले बताए ।

प्रधानन्यायाधीश कार्कीले विश्वराज पौडेलका अनुसार न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रसमशेर राणा, केदार चालिसे, सपना प्रधान मल्ल, दिपक कार्की, तेजबहादुर केसी र जगदिश शर्मा रहेको बृहत पूर्ण इजलास गठन गरेकी थिइन् ।

सरकारले जयबहादुर चन्दलाई आईजीपी बनाएपछि सर्वोच्च अदालतले उक्त सरकारी निर्णय रोकेको थियो । त्यसपछि अदालतले कार्य सम्पादन मुल्यांकनको आधारमा धेरै अंक हुनेलाई आईजीपी बनाउन भनेको थियो । सरकारले अदालतको आदेश अनुसार प्रकाश अर्याललाई आइजी बनाइसकेको छ ।

तर अर्का डिआईजी नवराज सिलवालले आफूलाई अन्याय परेको भन्दै पूरक निवेदन लिएर सर्वोच्च गएका थिए । त्यसपछि उक्त मुद्दा पेशी चढ्न सकेको छैन । सोही विषयलाई लिएर प्रधानन्यायाधीश कार्की विरुद्ध संसदमा महाअभियोग दर्ता सम्म भएको थियो । तर अदालतले उक्त महाअभियोगलाई समेत रोकेको छ । संसद पनि आज बस्दै छ ।

1804 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank