डिआइजी बस्नेत जिल्लाहरुको सुरक्षा अबस्था बुझ्न निरीक्षण भ्रमणमा

बिहिबार, जेष्ठ ३१, २०७५



नेपालगञ्ज । प्रदेश – ५ का विभिन्न जिल्लाको शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि प्रदेश- ५ का अतिरिक्त प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेत जिल्ला निरीक्षण भ्रमणमा पुगेका छन् ।

राजापुर बर्दिया गुलरिया लगायतको ठाउमा बिर्फिङ्ग दिदै डिआइजी बस्नेत बिहीबार नेपालगन्ज आइपुगेका हुन । बर्दियाका जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयहरुको औपचारिक भ्रमण गरेका छन् । डिआइजी बस्नेतले भने बर्दियाको सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्न जिल्ला भ्रमणमा निस्केकाे बताएका छन् ।  उनले जिल्ला प्रहरी कार्यालय गुलरिया,  ईलाका प्रहरी कार्यालय राजापुर इप्रका मैना पोखरी लगायतका प्रहरी ईकाईहरुकाे बिर्फिङ्ग लिएका छन् ।

यो पहिलो औपचारीक भ्रमण हो डिआइजी बस्नेतले आशा दिदै भने । नेपाल प्रहरी सधै देश र जनताहरु सुरक्षाको लागि खट्ने प्रहरी भएकोले मुस्कान सहितको प्रहरी सेवा दिन र कानुन भन्दा माथि कोइ नभएको ले कानुनमा रहेर काम गर्न सबै प्रहरी युनिटलाई निर्देश दिएका छन् । प्रहरी क्रियाकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनैती समेतलाई सम्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणमा आएका डिआइजी बस्नेतका लागि सबै तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेक तामाङले जानकारी दिए ।

डिआइजी ईलाका प्रहरी कार्यालय कोहलपुर सङिय प्रहरी ईकाइ दङ्गा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षक लगायत युनिटको भ्रमण गर्नुका साथै भ्रमणका क्रममा प्रहरी सुबिधा भाैतिक सरचना प्रहरीको आवश्यकताका बारे पनि समेत जानकारी लिने भएका छन् ।  अवलोकन पछी बिहीबार नै डिआइजी बस्नेत दाङ फर्किने बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङले भनाई रहेको छ ।

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank