फरक समूहको रगत चढाउँदा पाँच वर्षीया बालिकाको मृत्यु

मङ्लबार, बैशाख २४, २०७६



काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीको लापरबाहीका कारण सर्लाहीकी एक बालिकाको मृत्यु भएको छ । सर्लाही घर भएकी पाँच वर्षीया आकृति कुमारी शाहको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

अप्रेसन गर्दा फरक समूहको रगत चढाइएकाले उनको मृत्यु भएको परिवारको भनाइ छ । आकृतिका काका सुरेन्द्र यादवले फरक समूहको रगत चढाइएकाले उनको मृत्यु भएको हुन सक्ने दाबी गरे ।

मुटुमा समस्या देखिएपछि आकृतिलाई गत १३ वैशाखमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । चिकित्सकले उनको मुटुमा समस्या देखिएको भन्दै अप्रेसन गर्न सुझाब दिए । सोहीअनुसार अस्पतालका निर्देशक डा. ज्योतेन्द्र शर्माको टिमले १७ वैशाखमा आकृतिको अप्रेसन गरेको थियो । अप्रेसन गर्दा आकृतिलाई दुई पिन्ट रगत चढाउनुपरेको थियो ।

चिकित्सकले आकृतिको रगत समूह ‘ओ’ पोजेटिभ भएको रिपोर्ट बनाएका थिए । सोही आधारमा रगत मगाइयो । तर, ल्याबबाट ‘ए’ पोजेटिभ समूहको रगत ल्याएर चढाइयो । गलत समूहको रगतले आकृतिको दुवै मिर्गौला फेल भएको स्रोतले जनाएको छ ।

ल्याबका इन्चार्ज विन्देश्वर यादवले गल्ती भएको स्वीकार गरेका छन् । ‘आकृतिको अप्रेसनपछि उनको शरीरमा फरक समूहको रगत चढेको छ । ल्याबबाट गम्भीर गल्ती भएको छ । यसबारेमा अनुसन्धानपछि बोल्नेछौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank