सरकारको कामका बारेमा मन्त्री सचिवसँग समिक्षा गर्दै प्रधानमन्त्री

बुधबार, मंसिर ५, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीले सरकारको कामको बारेमा मन्त्री र विभिन्न मन्त्रालयका सचिवसँग छलफल गर्ने भएका  छन् ।  नेपाल कमयुनिष्ट पार्टी नेतृत्वमा दुई तिहाइको सरकार भए पन अपेक्षाकृत काम गर्न नसेको भन्दै चौतर्फी आलोचना सुरु भएपछि प्रधानमन्त्री ओलीले सरकारको कामको बारेमा आजदेखी समिक्षा गर्न लागेका हुन् ।

शुक्रबारसम्म चल्ने समीक्षा अन्तर्गत आज भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत, सूचना तथा सञ्चार, कृषि तथा पशुपंक्षी, उद्योग वाणिज्य तथा सहरी विकास मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।

मन्त्रालयहरूले गत असार महिनामा बुझाएको कार्ययोजना अनुसार काम गरेका छन् कि छैनन् प्रधामन्त्रीले  समीक्षा गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले जानकारी दिए।

मन्त्रालय र मन्त्रीहरूको काम अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवयेर पनि प्रयोगमा ल्याएको छ। प्रधानमन्त्री ओलीले सफ्टवयेर मार्फत मन्त्री तथा सचिवको कामको समिक्षा गर्ने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank