अध्यागमनमा नेपाली पोर्ट

मङ्लबार, माघ १४, २०७६



विभागले सञ्चालनमा ल्याएको ‘नेपाली पोर्ट’ नामक प्रणालीको प्रधामन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । अध्यागमन व्यवस्थापन तथा सीमा नियमन गर्ने यस्तो प्रणालीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाटै उद्घाटन गरेका हुन् ।

अध्यागमन सूचनाको सुरक्षा संवेदनशिलता मध्यनजर गर्दैं नेपालमै उपलब्ध विज्ञ र प्राविधिकहरुको टोलीलले एक वर्ष लगाएर नेपाली पोर्ट प्रणालीको विकास गरेको थियो ।

नेपाली पोर्टको विकासपछि नेपाली भिसाको दुरुपयोग तथा राजस्व चृुहावटको सम्भावना अन्त्य हुने विश्वास अध्यागमन विभागले लिएको छ । नेपाल प्रवेश गर्न बाहिरिने सबै विदेशीहरुको बायोमेट्रिक इन्फरमेसन, फिंगरप्रिन्ट र फोटोसमेत प्रणालीमा रहनेछ ।

यही प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोलसम्बद्ध सूचनासमेत हेर्न मिल्ने व्यवस्था छ ।

नेपाली पोर्टमार्फत पभाि आवेदन, विदेशी नागरिकको नेपाल बसाइको अनुगमन र भिसा दस्तुतर तिर्नसमेत सहज हुने बताइएको छ । विमानस्थलमा शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरणसहितको फरेन्सिक डिटेक्सन ल्याबको समेत स्थापना गरिएको छ । कारोबार दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments