सन्तपुर सिंगार्दै धुर्मुसः बाढीले कुरुप बनेको बस्ती देखियो सुन्दर

बस्ती निर्माणमा अझै एक करोड ३० लाख अपुग

सोमवार, माघ ८, २०७४

- बविता ढकाल



मुसहर बस्ती निर्माण गरेर हस्तान्तरण गरेको एक वर्ष पनि भएको छैन् । फेरि अर्काे बस्ती निर्माण कार्य सम्पन्न गर्दै हस्तान्तरणको प्रक्रियामा छ । वर्षामा आएको बाढीले घरबारबिहीन रौतहटको सन्तपुरबासीलाई यही माघ २१ गते घर हस्तान्तरण गर्ने तर्खर गर्दै छन् धुर्मुस । उमेरले ३४ मात्रै पुगेका धुर्मुस अर्थात् (सिताराम कट्टेल) ले एकीकृत नमुना बस्ती सन्तपुरसहित चार वटा बस्ती निर्माण गरिसकेका छन् । बस्ती निर्माणले भ्याईनभ्याईमा रहेका धुर्मुस सुन्तली फाउण्डेशनका संयोजक एवं हाँस्यकलाकार धुर्मुससंग नेपालपाटी डट कमका लागि बविता ढकालले गरेको कुराकनीको आधारमा तयार गरिएको एकीकृत नमुनाबस्ती सन्तपुरको कथा ।

ghar 1लहरै दायाँबाया दुईतले घर । बिचमा ढुङ्गा बिछ्याइएको बाटो। कामगर्ने हातहरु धमाधमव्यस्त छन् । एउटै घरमा दुईथरी रङ । बस्ती नयाँ, रौनक नयाँ र चहलपहल पनि नयाँ ढंगको देखिन्छ । रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा निर्माणको काम सकिन लागेको एकीकृत नमुना बस्ती सन्तपुरमा यस्तै चहलपहल देखिन्छ । बर्षौ आकाशकातारा हेर्दै झुपडीमा बसेकाहरु अब चिटिक्क परेका तीनै घरमा बस्न आतुर छन् । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ त्यही बस्तीमा हरपल भेटिरहन्छन् ।

४७ वटा घर सहित सामुदायीक भवन, चिल्ड्रेन पार्क, मन्दिर, दुई कोठाको प्राथमिक विद्यालय निर्माण भइरहँदा एउटा भ्यू टावर पनि बन्दैछ । ४० फिट अग्लो उक्त भ्यू टावर बस्तीको आकर्षण मात्रै होइन आम्दानीको श्रोत पनि बनाइदैछ ।

बस्तीमा निर्माणधिन टावरका बारेमा धुर्मुस भन्छन्, ‘टावर चढे बापत एक व्यक्ती एक सय रुपैंया लाग्नेछ । जुन पैसाले बस्तीको संरक्षण साथै बत्तिपानिको पैसा तिर्न, केही उद्यम गर्न सन्तपुरबासिलाई सहयोग पुग्नेछ ।’ बस्ती बनाउन दुई सय ६१ जना कामदार खटिएका छन् । हालसम्म ४७ वटै घर निर्माण सम्पन्न भइसकेको छ । अहिले भ्यु टावर र मन्दिर बाहेकका अरु संरचनाहरु सबै अन्तिम चरणमा पुगेका छन् । बस्तीको बाटो, बिजुली, खानेपानी लगायतका कामहरु बाँकी रहेको र १० दिन भन्दाअगावै बस्ती निर्माण पूरा हुनेछ ।

बस्तीमा एउटा बालउद्यान, भ्यू टावर, मन्दिर, सामुदायिक भवन, अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री र भुकम्पप्रतिरोधी छ । आफनो जन्मदिनको अबसरपारेर गत असोज ४ मा शिलान्यास गरि औपचारीक रुपमा अशोज २८ गतेबाट निर्माण कार्य सुरु गरेको बस्ती केहीदिनमा हस्तान्त्रणको चरणमा छ । बस्ती निमार्णमा दैनिक २ सय ५० जनाभन्दा बढी कामदारहरु दिनरात काम गरिरहेका छन । असोज २८ गतेबाट सूरु भएको एकीकृत नमुना बस्ती सन्तपुर निर्माण यात्रा आजसम्मआई पुग्दालगभग सम्पन्नहुने अवस्थामा छ ।

बस्तीको ९० प्रतिशतकाम सम्पन्न भएको छ । करिव ५ करोड ९५ लाखको परियोजनामा निर्माण सम्पन्न हुनलागेको उक्त बस्तीको लागि अझै एक करोड ३० लाख रुपैंया अपुग छ । एकीकृत नमुनाबस्ती सन्तपुर निमार्णका अभियान्ता धुर्मुस अर्थात् सिताराम कट्टेल अहिले त्यही पैसा जुटाउन लागि परेका छन् ।

२०७३ साल बैशाख १२ गतेबाट बस्ती निर्माणमा हातहालेका धुर्मुस सुन्तलीको यात्रा अहिले रौतहटको सन्तपुरमा पुगेको छ । सन्तपुर बस्ती निर्माणको सोच आउनु भन्दा पहिला नमुना नेपालको अवधारण बनाइसकेका धुर्मुसले गएको वर्षायाममा बाढीले कुरुप बनाएको सन्तपुरलाई सुन्दर बनाउने अभियान थालेका हुन् ।

sitaram 1

२०७२ साल बैशाखको भूकम्पले थिलथिलो बनाएको काभ्रेको डाँडागाउँ, सिन्धुपाल्चोकको गिरानचौर र सद्भावका लागि महोत्तरीको बर्दिवास स्थित मुसहर बस्ती निर्माण पछि धुर्मुसको यात्रा नमुना नेपाल र्निाणमा अघि बढ्दै गर्दा सन्तपुरलाई बाढीले आफ्नो लपेटमा लियो । त्यो दर्दनाक पीडालाई सहनगर्न नसकेकै कारण धुर्मुस सुन्तलीले एकीकृत नमुना बस्ती सन्तपुर निर्माण गर्दै छन् र निर्माण कार्य लगभग सकिएको छ । सन्तपुर निर्माणका लागि धुर्मुस र सुन्तली आफ्नो कला बेच्न साउदी अरव पनिपुगे, अष्ट्रेलियापनि पुगे ।

sitaram 3देशका विभिन्न भागमा पनि हसाउँदै नचाउँदै बस्ती निर्माणका लागि पैसा जुटाए । धुर्मुस भन्छन्, ‘हामीले देश तथा विदेशमा रहेका धेरै नेपाली दाजुभाई तथा दीदीबहिनीबाट सहयोग पाएका छौं । तर पनि अझै एक करोड ३० लाख अपुग छ, त्यो कसरी जुटाउने भन्नेमा अलमल्लमा छौं, बस्ती हस्तान्तरणको मिति नजिकिँदै छ अब १३ दिनबाँकी छ ।’ धनको गरिब तथा मनको धनी धुर्मुसले भने, ‘माघ २१ गते बस्ती हस्तान्तरण गर्ने उद्धेश्यका साथ काम अघि बढाए पनि अझै धेरै सहयोग संकलन हुनबाँकी छ र सहयोगको अपेक्षापनि गरेको छु ।’

तीनवटा बस्ती हस्तान्तरण गरिसकेका एउटा निर्माणाधिन अवस्थामा रहेको धुर्मुसको एकीकृत नमुना बस्ती निर्माणको धोको भने अझै मेटिएको छैन उनी भन्छन्, ‘पर्याप्त श्रोत र साधन जुट्ने हो भने यस्ता बस्ती निर्माण गर्न सक्ने आँट छ ।’ धुर्मुस सुन्तलीले बस्ती मात्रै निर्माण गररेका छैन वर्षाको समयमा बाढीको चपेटामा परेकालाई सहयोग समेत गर्न भ्याए । कठ्याङ्ग्रिने चिसोमा विपन्न परिवारलाई न्यानो कपडा सम्म बाँड्न भ्याए । धुर्मुसले शितलहर र हुस्सुले ढपक्क ढाकेको तराईका अतिविपन्न ३४ सय घर परिवारलाई कम्मल वितरण सम्म गरे । त्यसमा एनआरएनए आरसिसि चाइनाले पनि सहयोग गर्यो ।

sitaram 2 सन्तपुर निर्माण गर्दै गर्दा धुर्मुसलाई आर्शिवाददिने एउटा हातथपिएको छ । उनले भने,‘ १ सय ७ वर्षिय राम कल्लिदेवी हजराले अब बल्ल पक्कि घरमा बस्न पाउने हुनु भएको छ । यती लामो उमेर अभाब नै अभाब, दुःख नै दुःखले छाप्रोमा वित्यो, त्यही छाप्रो पनि साउन २८ गते आएको बाढीले डुवायो । तिनै १ सय ७ वर्षिय आमा यही माघ २१ गते पक्कि घरमा बस्दै हुनुहुन्छ । उहाँको मुहारमा छाएको खुशीले साँच्चिकै मानवीय धर्म निर्वाह गरेको अनुभूती दिलाउँछ ।’

sitaram 4

2620 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank