धुर्मुसले पाइला टेक्दा मुसहर वस्तीमा खुशियाली

नेता भन्दा लोकप्रिय बन्दै कलाकार

मङ्लबार, पुस १२, २०७३

loading...

- आरके महतो



बर्दिवास । मुहर बस्ती बनाउन हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मंगलबार विहानै देखि खुशी थिइन । बिहानै देखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन् ।

मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छीन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुसलाई भेटेपछि निकै खुशी हुदैं भनिन्, ‘हाम्रो हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुशी लाग्यो । ल बाबु ठूलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ ! ’
मंगलबार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरीरहेका थिए । बिहानै दाउरा लिन जंगल पुग्ने मुसहरहरु मंगलबार धुर्मुसको स्वागत्मा जुटे । केहीले छिमेकीको आँगनबाट फूल टिपेर ल्याए, केही माला उने । केही बस्ती सरसफाइमा जुटे । कोही ‘धुर्मुस सर हजुर कता आइपुग्नुभयो ?’ भनेर बस्तीका अगुवा मञ्जय सादाले सूचना संकलन गरेर बस्तीका स्थानीययलाई जानकारी गराईरहेका थिए ।

dhurmus

धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुने हास्य कालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरु खुशीले गद गद भए । मुसहर बस्तीको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुशी भएर धुर्मुसको गलादेखि शिर सम्म माला लगाई दिए । निदारमा टलक टल्किने रातो र पहिलो अक्षतालगाई दिए ।
धुर्मुस—सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अमखोलमा ल्याइएको पानी खुवाएर खुशियाली साटे ।

मुसहरले धुर्मुसलाई मुसहरहरुले घर –घर घुमाए । धुर्मुस —सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुशियाली छाएको छ । धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष उनी बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमाँडौंबाट बर्दिबास आएका छन् ।
स्थानीयको स्वागतले अफूहरुलाई काम गर्न हौसला बढाएको उनले मुसहरसंगको कुरा धुर्मुसले व्यक्त गरे । ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभरी नै समानतको र सद्भवको सन्देश जानेछ । सबै तिरका विभिन्न पीडामा मलहम पट्टी लगाउने अभियानको थालनी हुने कुरा म विश्वस्त छु, ’ उनले भने,‘ हामी सबै खटिएमा देश अवश्य बन्छ ।’dhurmus1
उनले राष्ट्र निर्माण आफुहरुको अभियानलाई आत्मसात गर्दै सबै जना एकताको सूत्रमा बाँधिएर देश विकासमा लाग्नु पर्ने बेला आएको बताए । उनले भने,‘हामीले बोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौं । एक पटक विकासको नारा लिएर सबै जना गाउँ गाउँ पसौं । दुई बर्षमै देशमा कायापलट हुन्छ ।’

मंगलबारै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसंग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनीक सुनवाई गरेका छन् । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तयार भएको सामुहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरे ।
चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस—सुन्तली पाउण्डेसनले काम थालनी गरेको छ ।

17804 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv