धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा कम्बल वितरण

शनिबार, पुस २९, २०७४



लहान । विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित भएका सिरहाको विभिन्न स्थानका दलित बस्तीमा धुर्मुस–सुन्तली फाउन्डेशनले आज कम्बल वितरण गरेको छ । फाउन्डेशनले गोलबजार नगरपालिका–१० धोवियाधार र धनगढीमाई नगरपालिका–१३ भर्लेनीमा रहेको मुसहर बस्तीमा कम्बल वितरण गरेको हो ।

गोलबजार नगरपालिका–१० मा ६० परिवार मुसहर र धनगढीमाई नगरपालिकामा १३ मा १०० मुसहर तथा असहाय परिवार गरी कूल १६० परिवारलाई प्रतिपरिवार एक थानका दरले कम्बल वितरण गरिएको धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जानकारी दिए ।

209 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank