गजल – धुर्बा तिमिल्सिना
शुक्रबार, फाल्गुन २४, २०७५

२०५५ साल पुष ०५ गते बान्निगढी जयगढ गाउँपालिका ४ तिमिल्सैन, अछाममा जन्मिएकी धुर्बा तिमिल्सिना हाल धनगढी बसोबास गर्दै आइरहेकी छिन्। नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीमा अध्ययनरत तिमिल्सिना पछिल्लो समय नेपाली गजल क्षेत्रमा आफ्नो बेग्लै हस्ताक्षर छोड्न सफल छिन् ।
प्रस्तुत: छ उनको एक गजल:-
आमा तिमी मुस्कुराउ अरु केही चाहिन्न
बिर्सिदेउ पुरानो घाउ अरु केही चाहिन्न
बिर्सिदेउ पुरानो घाउ अरु केही चाहिन्न
दु:ख पर्दा मुटु दुख्दा आँखाहरु रसाउदा
तिम्रै काखमा रुन पाउँ अरु केही चाहिन्न
युगलाई जित्ने अठोट बोकेर यात्रा थाल्दै छु
हाँस्दै भन छोरी जाउ अरु केही चाहिन्न
म भन्दिन हरेक पटक तिमि साथमा हुनुपर्छ
अप्ठ्यारोमा हिड्न सिकाउ अरु केही चाहिन्न
संस्कारको पिंजडा तोडेर म उड्न चाहन्छु
एकचोटि मन दह्रो बनाउ अरु केही चाहिन्न
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments