धर्मेन्द्र नेम्बाङको नयाँ कविताकृति

बुधबार, बैशाख १८, २०७६



 काठमाडौँ । अभियन्ता कवि धर्मेन्द्र नेम्बाङको कविताकृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ बजारमा आएको छ।

काठमाडौँस्थित मण्डला थियटरमा आयोजित कार्यक्रममा कवि नेम्बाङको कृति सार्वजनिक भएको हो। यसभित्र उनका नयाँ र पुराना गरेर कुल ३९ कविताहरु छन्।

कृति विमोचन कार्यक्रममा पूर्वकुलपति बैरागी काइँला, प्राज्ञ कवि श्रवण मुकारुङ, शृजनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञात, लीलालेखनका अभियन्ता लेखक डा. रत्नमणि नेपाल र समालोचक अनुपमा रेग्मी वक्ताका रुपमा उपस्थित थिए। मदन पुरस्कारविजेता र शृजनशील अराजकताकै अर्का अभियन्ता लेखक राजन मुकारुङ कार्यक्रम सञ्चालक रहेका थिए।

‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ कविताकृति फिनिक्स बुक्सको प्रकाशनमा आएको हो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata