सल्यानमा नेकपाका धर्मे बुढा विजयी

शनिबार, मंसिर १४, २०७६



सल्यान । सल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाले फराकिलो जित हात पारेका छन् ।

उनले ७ सय ९२ मत ल्याउँदै नेपाली कांग्रेसका खड्कबहादुर बोहरालाई पराजित गरेका हुन् । बोहराले २५१ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल शाहले २१ मत ल्याएका छन् । कुमाख गाउँपालिकामा १ हजार १ सय २४ मत खसेका थिए । त्यसमध्ये ६० मत बदर भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata