कार्यालय सहयोगी देखी सचिवको काम गर्दै वडा अध्यक्ष

आइतवार, चैत्र १८, २०७४



बाजुरा । स्थानिय निकायका जनप्रतिनिधीहरु आज भोली निकै चर्चामा आउने गरेका छन् । कोही कुखुरा चोर्ने, कोही रक्सी पिएर कार्यालयमा रमिता देखाउने लगाएतका गतिबिधी गरेको भन्दै समाचार माध्यममा भाइरल नै बनेका छन् ।

तर बाजुरा बडिमालिका नगरपालिका वडा-७ का वडा अध्यक्ष धर्मराज पाध्याय भने  वडा कार्यालयमा कार्यालय  सहयोगी देखी वडा सचिबको काम गर्दै आएका छन् । आफ्नो वडालाई जिल्लाकै नमूना वडाका रुपमा चिनाउनका लागि उनी दिनरात नभनी लागिरहेका छन् । वडा कार्यालयमा कर्मचारी नपुग्नु भन्दा पहिले नै पुग्ने, कार्यालयमा झाडो लगाउने, सेवाग्राहीहरुका गूनासो सुन्ने, निवेदन लेख्ने , तोक लगाउने, शिफारिस लेख्न लगायतका काम गर्ने गरेको वडा अध्यक्ष पाध्याय बताउँछन् । उनले त्यो आफ्नो बाध्यता नभर्इ कर्तब्य भएको बताए। सचिवको काम सहित जनश्रमदान गर्ने दिन चर्या छ ।

आफ्नाे उद्धेश्य भनेको जिल्लाकै नमूना वडा बनाउने हो । आफूले गरेका निर्णयहरु सार्वजनिक गर्दै भाषण भन्दा पनि काम गर्ने रहेको पाध्यायले नेपालपाटिलार्इ बताए ।

176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank