धर्तिमाता हिरासतमा : बुटवलमा पनि धारिलो हतियार प्रहार गरि यातना दिएको उजुरी

आइतवार, असार १५, २०७६



अघिल्लो साता काठमाडौं भद्रकालीमा बोक्सी भगाउने भन्दै युवतीमाथि कुटपिट गर्ने धर्तीमााता विष्णु कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिलाई यातना दिने गरेको पाइएको छ ।

बुटबलका दुई व्यक्तिलाई पनि धारिलो हतियार प्रहार गरेको आरोपमा कुँवरलाई बुटवल प्रहरीले पक्राउ गरेको खुलेको छ । प्रहरी निरीक्षक हेम केसीले कुँवरले दुई व्यक्तिलाई धारिलो हतियार हानेको भन्दै प्रहरीमा उजुरी परेको पुष्टि गरे ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata