प्रधानमन्त्री डोको र कोदालो बोकेर श्रमदानमा खटिने

बुधबार, बैशाख १२, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अब कोदालो र डोको बोकेर श्रमदानमा खटिने भएका छन् । भूकम्प गएको तीन बर्षको पुगेको सन्दर्भमा भत्किएको धराहरामुनी उभिएर प्रधानमन्त्रीले धरहरा बनाउन श्रमदान गर्ने बाचा गरेका छन् ।

७२ सालको भुइँचालोले भत्काएको धरहरामा उभिएर प्रधानमन्त्रीले भने, “मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने पनि आउनेछु । डोको बोकर आउनुपरेपनि म आउनेछु । इट्टा बोक्दै श्रमदानमा म आफै खटिनेछु । ’ प्रधानमन्त्रीले धराहरा बनाउने बाचा गर्दा उनको भषणा सनेर मुखामुख गरिरहेका थिए ।

प्रधानमन्त्री ओलीले अब देश समृद्धि र विकासको बाटोमा अगाडि बढेको बताउँदै धरहरा निर्माणसँगै भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणमा सहयोग गर्न सबैसँग अपिल गरे ।

“हाम्रो कलात्मकता र सुन्दरतालाई कायम राख्दै पुरानै शैलीमा, भूकम्प आउँदा पनि नभत्किने बलियो धरहरा, रानीपोखरी, काष्ठमण्डप तथा वसन्तपुरका सांस्कृतिक संरचनालगायत अन्य संरचना निर्माणमा सरकार जुटेको छ”, प्रधानमन्त्री ओलीले भने ।

आगामी दिनमा सरकारले सत्ताभन्दा पनि जनता बलियो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले देशमा समृद्धिवाद आउँदैछ भने । सोही अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका भत्किएका घरको पुनःनिर्माणसँगै पुराना घरसमेत भत्काउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सरकारी उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो । २०७२ वैशाखमा आजकै दिन गएको विनाशकारी भूकम्पका कारण ३१ जिल्लामध्ये १४ जिल्ला अतिप्रभावित बनेका थिए ।

वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्पका कारण आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पका कारण करीब रु सात खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो ।

297 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank