धरहराको तेस्रो तला निर्माण सम्पन्न

बिहिबार, पुस १०, २०७६



ऐतिहासिक तथा पुरातात्विक महत्वको रुपमा रहेको काठमाडौंको धरहराको निर्माण कार्य तिव्र पारिएको छ । एक वर्ष अर्थात् सन् २०२० को ६ अक्टोबरभित्र सक्ने गरी निर्माण भइरहेको धरहरा अत्याधुनिक प्रविधिमा २२ तलाको हुनेछ ।

नयाँ धरहराको निर्माण कार्य तिव्र पारिएको पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले बताए । एक वर्षअघिदेखि निर्माण शुरु भएको थियो । हालसम्म भौतिक संरचना निर्माणको काम करिब ३२ प्रतिशत सम्पन्न भएको छ ।

हालसम्म यो योजनामा ७० करोड ३१ लाख रुपैयाँ खर्च भएको उनले बताए । ६१ करोड निर्माण कम्पनीले मोबिलाइजेसन रकम प्रारम्भिक चरणमा प्राधिकरणबाट लिएको छ ।

भीमसेन थापाले निर्माण गरेको उक्त धरहराको पहिलाको स्वरुप नयाँ प्रविधिलाई प्रयोग गरी हरेक तलामा पहिलाकै जस्तै झ्याल रहने भएको विज्ञ मानन्धरले बताए । कारोबार दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments