धरहरा पूनर्निमाणको गति सुस्त

शुक्रबार, भदौ २७, २०७६



काठमाडौं। ऐतिहासिक धरहरा पूनर्निर्माणको काम हाल सम्म अपेक्षाकृत रुपमा अघि बढ्न सकिरहेको देखिदैन ।

२०७२ सालको महाभुकम्पमा परि भत्किएको धरहराको पूनर्निमाणको कार्य हालसम्म २६ प्रतिशत मात्र सम्मपन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
पूनर्निर्माण प्राधिकरणमा भएको धरहरा पूनर्निर्माण प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका कन्ट्रयाक्टर रेप्रिजेन्टेटिभ रमन महतोले निर्माणको प्रगतिबारे जानकारी दिए ।

उनले आफ्नो कम्पनीले गरिरहेको काम सन्तोषजनक रहेको बताए । निर्माणस्थलका हिसाबले ६७.५ प्रतिशत प्रगति भएको उनले भने ।

धरहरा पूनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ ।

त्यसैगरी, गोश्वारा हुलाक रहेका भवनहरु भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरु हाल्ने कार्य चलिरहेको छ ।

IMG_5322

समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरु समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पूनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । त्यसक्रममा उनले गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्न समेत जोड दिए ।

धरहरा पूनर्निर्माणको सुपरीवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पूनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयहरुबारे प्रस्तुतीकरण गरिएको थियो ।

समीक्षामा धरहरा पूनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्यहरु, निमित्त सचिव लगायतको उपस्थिति थियो ।

यसैबीच, दशैंलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्ने जनाइएको छ । सञ्चय कोष र साविकको गोश्वारा हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ । खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ । अब यी दुई बाटो जोडिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata