धनुष्टङकार !

शनिबार, चैत्र २, २०७५



आउने जाने र धाउनेहरू भएको ठाँउमा
ठाडो, तेर्सो र धनुष्टङ्कारले काम पाउछ

अड्को पड्कोले काम चलाउने ठाँउहरूमा
भ्रष्टाचारको सुगन्ध प्रशस्तै गनाउने गर्दछ

गलगिज अघाएकाले छादुन्जेल खानै खोज्दछ
फेरि, भोकाहरू मिले भने गिद्दे द्वार खट्खटाउछ

हल्का रङ्ङ चढेको बेला एकदुइ पालाले अघाउछ
गणतन्त्रको गला लागेको बेला ऐँठनले अडकाउछ !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata