नगरपालिकाको कार्यालयमा बम विस्फोट, घटनाबारे अनुसन्धान हुँदै

बिहिबार, जेष्ठ ३०, २०७६



धनुषा । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा गएराति प्रेसरकुकर बम विस्फोट भएको छ ।

बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको साथै विस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन्  ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । हालसम्म कसैले विस्फोटको जिम्मेवारी लिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata