धनुषा बम विस्फोटमा संलग्न भएको आशंकामा विप्लव समूहका तीन पक्राउ

शनिबार, मंसिर २८, २०७६



धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा गएराति भएकाे बम विस्फोटमा परी घरधनी राजेश साह, उनका छाेरा २४ वर्षीय आनन्द साह र संखुवासभा स्थायी घर भएका इलाका प्रहरी कार्यालय महेन्द्र नगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालकाे मृत्यु भयो ।

सो विस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेताहरूलाई पक्राउ गरेको स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा दुई महिला सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २  संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् । ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

घटनामा प्रहरी जवान रिजन महतो, साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका  छन् । उनीहरूको धरानमा उपचार भइरहेको छ । वमफेला परेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ४ सय मिटरको दूरीमा पर्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments