धनुषा बम विस्फाेट : छानबिन गर्न गृह र प्रहरीकाे छुट्टाछुट्टै टाेली, तीनजना पक्राउ

शनिबार, मंसिर २८, २०७६



 शुक्रबार राति भएको बम विस्फोटमा परी मृत्यु भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक (इनसपेक्टर) अमिरकुमार दाहालको शव ल्याउन हेलिकप्टर पठाउन लागिएको छ ।
अहिले काठमाडौंबाट हेलिकप्टर पठाएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएका प्रहरी निरीक्षक दाहालको शव काठमाडौं ल्याउन लागिएकाे हाे ।
बम राखिएको सूचना पाएपछि जाँचका लागि निरीक्षक दाहालको टोरी राजश्वर साहको घरमा पुगेको थियो । प्रत्य क्षदर्शी र घाइतेका अनुसार प्रहरीले झोला उठाउँदा बम विस्फोट भएको बताइएको छ ।
यस्तै गृहमन्त्रालयले बम विस्फोटको घटना छानबिनका लागि शनिवार नै समिति गठन गरेको छ । प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

प्रहरीकाे ७ सदस्यीय टाेली

यसैबीच बम विस्फोट गराएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार, अनुसन्धानका लागि दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिइएको हो । उनीहरू विप्लप समूहका नेता रहेका बुझिएकाे छ ।

बम विस्फोटबारे प्रहरीले पनि टोली बनाएर अनुसन्धान गरिरहेको छ । डीएसपी कार्कीले प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यी अनुसन्धान टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।

शुक्रबार राति महेन्द्रनगरमा भएको बम विस्फोटनमा परी प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिरकुमार दाहाल, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको थियो ।

रकम लेनदेनको कारण बम विस्फोट भएको र यसमा विप्लव समूहको हात रहेकाे आशंका प्रहरीले गरेको छ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments